चरिकोट, २० पौष । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै नेपाल चेम्बर अफ कमर्स दोलखाको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित नेपाल पत्रकार महासंघको हलमा अधिवेशनले रुद्रजङ्ग बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम उपाध्यक्षमा राजकुमार खड्का, द्वितीय उपाध्यक्षमा लिला बहादुर केसी सुवेदी, महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिवमा कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पवित्रा केसी चयन भएका छन् । यसैगरी सदस्यहरुमा नवराज खतिवडा, कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोसन श्रेष्ठ र भीषा श्रेष्ठ चयन भएका छन् ।
चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभा तथा अधिवेशनमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष कम्लेस कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक कुमार मलहोत्रा ललगायतको उपस्थिती रहेको थियो । साधारण सभाको अवसरमा पारेर चेम्बर अफ कमर्स दोलखाले विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत् पत्रकार प्रल्हाद आचार्य लगायत केही व्यवसायीहरुलाई सम्मान समेत गरेको थियो ।