बाघखोर, २८ कात्तिक । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ कालापानीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।
काठमाडौंको चन्द्रागिरी मच्छेगाउँबाट शैलुङ घुम्न आएकाहरू घुमेर फर्कने क्रममा बागमती प्रदेश ०१, ००२ ज ६२०८ नम्बरको इभि गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा स्थायी घर भइ काठमाण्डौ बस्दै आएकी ६० वर्षकी एकुमाया अर्यालको मृत्यु भएको छ । मृतकको शव बाघखोर हाल चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका मृतकका छोरा सन्जित अर्याल सहित ३२ वर्षकी लक्ष्मी अर्याल र अन्दाजी ३० वर्षकी सासा अर्याल लगायत सबै घाइतेलाई थप उपचारकाे लागि काठमाण्डौ पठाइएको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले जानकारी दिए ।
गाडी ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । गाडीका चालक दोलखाको गौरीशङ्कर गाउँपालिका –१ जुगुका ४५ वर्षीय गोकुल कार्की पनि घाइते भएका छन् । गाडीमा एकै परिवारका सदस्य रआफन्तहरू समेत गरी १६ जना सवार रहेको बुझिएको छ ।



