दोलखा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले युवा नेता विशाल खड्कालाई दोलखाबाट प्रतिनिधिसभा उम्मेदवार तोकेको छ ।
उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार खड्कालाई टिकट प्रदान गरेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट चुनावी मैदानमा उत्रन लागेका खड्का यस अघि नै बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री रहिसकेका छन् । मन्त्री रहँदाका बखत अघि बढाएका विकास निर्माणका विविध कामहरुका कारण खड्का दोलखामा लोकप्रिय समेत छन् ।
राजनीतिक जीवनमा अनुभव र संघर्ष दुवैले खारिएका नेता खड्कालाई नेकपाले उम्मेद्वार बनाउनु सकरात्मक र उत्साहजनक भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । खड्काको उम्मेद्वारी जनविश्वास र आकाङ्क्षाको प्रतिनिधित्व भएको उनीहरुको बुझाइ छ ।



