काठमाण्डौ, १६ असोज । यस वर्षको दँशैको टिकाको शुभ साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस पटकको विजया दशमीको साइत कार्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा रहेको छ ।
कात्तिक ७ गते दशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा छैन तर साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटको साइत रहेको समितिका कार्यकारी निर्देशक सूयप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यस वर्षको दँशै यही असोज २८ गते आइतबारबाट सुरु हुँदैछ । घटस्थापनाको दिन नवरात्र प्रारम्भको उत्तम साइत भने ११ बजेर २९ मिनेटमा रहेको छ ।



